प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलको बैठक बोलाएका छन्। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन्। सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन्। यस्तै, बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशका बारेमा पनि छलफल हुने बुझिएको छ ।