यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

लोकपाटी न्यूज

काठमाडौं। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय गरेको जानकारी दिएका हुन्।

सरकारले बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदावधि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता गुरुङले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए। बैठकले पाँचथरको फालेलुङ गाउँपालिका-५ मा भएको बम विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्