उत्तर कोरियाली शासक किम जोङ चीन भ्रमणमा

Kim Jong
लाेकपाटी न्यूज

एजेन्सी । उत्तर कोरियाली शासक नेता किम जोङ उन चीन भ्रमणमा निस्किएका छन् । उनी चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमणमा निस्किएका हुन् ।

उनी रेलमार्ग हुँदै चीन जाँदै गरेको हुनसक्ने उत्तर कोरियाली सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार उनी जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीनमा रहनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच ऐतिहासिक दोस्रो शिखर वार्ताको लागि छलफल भइरहेको अवस्थामा उनी चीन भ्रमणमा निस्केका हुन् ।

उत्तर कोरिया र चीनको राम्रो सम्बन्ध रहेको छ । उनी एक वर्षको समयमा चार पटक चीन पुगेका छन् । चीन उत्तर कोरियाको प्रमुख कूटनीतिक मित्र शक्ति तथा व्यापार र अन्य सहायताको श्रोत मानिएको छ ।

किमको यो चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर वार्ता चाँडै नै हुने संकेत देखाउँछ । यही साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्