Spread the love
  • 227
  •  
  •  
  •  
  •  
    227
    Shares

भाजपाका वरिष्ठ नेता भानुशालीको गोली हानी हत्या

0

काठमाडौं, २४ पुस । भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता जयंतीलाल भानुशालीको गोली हानी हत्या भएको छ । उनलाई रेलमा अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् ।

बताइएअनुसार उनीमाथि दुई गोली प्रहार भएको छ । एउटा गोली छातीमा लागेको र अर्को चाहिँ आँखामा लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हमला सयाजी नगरी एक्सप्रेसमा भएको हो । उनी भुजबाट अहमदाबाद जाँदै गर्दा गोली प्रहार भएको हो । उनी कच्छ क्षेत्रका बीजेपीका नेता थिए ।

रेलवे प्रहरी फोर्सका अनुसार जयंतीलाल १९११६ सयाजी नगरी एक्सप्रेसबाट अहमदाबाद जाँदै थिए । सोमबार राति १२ देखि २ बजेको बीचमा उनको अज्ञात समूहले गोली हानी हत्या गरेका हुन् ।

यो पनि पढ्नुहोस् :

जयंतीलालको हत्याकाण्डले सम्झाएको ‘बलात्कार काण्ड’

Spread the love
  • 227
  •  
  •  
  •  
  •  
    227
    Shares
You might also like
Comments
Loading...