१८ हजार अस्थायी शिक्षक फेल

Public School
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।

आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। ।

उनीहरुले पास हुनका लागि न्यूनतम ४० अंक पनि ल्याउन नसकेको बताइएको छ । शिक्षा मन्त्रलायले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् ।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने छन् । आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन् । आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्