ऋणपत्र भनेको के हो ?

लोकपाटी न्यूज

कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स-साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो।

तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई डिबेन्चर भनिन्छ। यसको अंकित मूल्य हुन्छ। लगानीकर्ताले सर्तअनुुसार तोकिएको दरमा ब्याज प्राप्त गर्दछ। कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रको लगानीकर्तालाई ब्याज भुक्तानी गर्नुपर्छ। सम्बन्धित संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन।

कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रका लगानीकर्तालाई ब्याज भुक्तानी गर्दछन् भने ऋणपत्र जारी गरेको संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन । यसले पुँजी पर्याप्ततालाई मद्दत गर्दछ। बैंक तथा वित्तीय संस्थाले ऋणपत्र खरीदकर्तालाई मुद्दती निक्षेपभन्दा बढी प्रतिफल दिने गरी आह्वान गर्दछन्। विशेष गरी जोखिम उठाउन नचाहने लगानीकर्ताका लागि लगानी गर्ने यो उपयुक्त औजार हो। ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले बैंक तथ वित्तीय संस्थाका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ।

त्यस्तै ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन्। ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ। पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ। ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ।

यस्ता हुन्छन् ऋणपत्र महत्व

ऋणपत्र भनेको कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र हो। यसमा ऋणपत्र धारकहरुलाई साँवा भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रकृया र प्रत्येक ऋणपत्रको अंकित मूल्य पनि उल्लेख गरिएको हुन्छ। कुनैपनि कम्पनीले ऋण पूँजी उठाउन चाहेमा सो कम्पनीको जारी पूँजी चुक्ता भएको हुनुपर्ने प्रावधान रहेको छ।

ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई ऋणपत्र जारी गर्ने कम्पनीको बार्षिक साधारण सभामा सहभागी हुने अवसर र मताधिकार अधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा असर पर्दैन।ऋणपत्रको ब्याजदर पूर्व निर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारिहरुले नाफामा दाबी गर्न पाउँदैनन। ऋणपत्रको परिपक्व अवधि दिर्घकालीन हुने भएकाले कम्पनिको लागी आवश्यक पर्ने स्थिर सम्पती खरिद गर्न ऋणपत्र मार्फत पूँजी उठाईन्छ।

पूँजीको आवश्यकता नभएमा केहि रकम प्रिमियम वापत थप गरि फिर्ता गर्न सकिने प्रावधान यसमा हुन्छ। ऋणपत्रमा दिइने व्याजलाई अन्य खर्च जस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाईन्छ। जसले गर्दा ऋणपत्र जारी गर्ने कम्पनीहरुलाई करको दायित्व समेत कम हुन्छ। साधारण तया सेयर पूँजी र ऋण पूँजीको अनुपात एक बराबर दुई अनुपातलाई राम्रो मानिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्