कामना सेवा विकासले ९ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

लोकपाटी न्यूज

काठमाडौं। कामना सेवा विकास बैंकले नौ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले माघ २२ गतेबाट ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्रका लागि माघ २६ गतेसम्म आवेदन दिइसक्नु पर्छ। अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नुपर्ने हुन्छ। बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।

बैंकले कुल एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ६० करोड रुपैयाँको प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिने छ। बाँकी ४० करोड सर्वसाधारणलाई छुट्याइएको छ। यसको ५ प्रतिशत सामूहिक लगानी कोषलाई दिइने छ। बैंकक ऋणपत्र २०८७ सालमा परिपक्व हुने छ। बैंकले प्रत्येक ६र६ महिनामा ब्याज भुक्तानी गर्नेछ। ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा पनि सूचीकृत हुने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्