शेयर मार्केटमा लगानी गर्दा १० कुरामा ध्यान दिनुहोस्

Stock-market-share
लोकपाटी न्यूज

काठमाडौं। सेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन। शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ। सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति बनाएको छ भने धैर्यताको अभावमा गरिएका लगानी डुबेका उदाहरणहरु पनि प्रशस्तै छन्। सेयर बजारमा आफ्नो लगानीका साथसाथै कला कौशल प्रयोग गरी अर्बपति बनेका टिम जि र माइकल जिले शेयर बजारमा लगानी गर्दा १० वटा कुराहरुमा ध्यान दिनुपर्ने बताएका छन्। उनीहरुले अपनाएका यी १० सुत्रहरु पालन गर्न सकेमा आफ्नो उद्देश्यमा पुग्न ठूलो मद्धत हुने उनीहरु बताउँछन्।

१. हटस्टकले बनाएको उचाइलाई अध्ययन गरिराख्नुहोस् :– जब सेयर बजारको सपना देख्न सुरु गर्नुहुन्छ, अवश्य पनि बजारमा बढी चर्चा र कारोबारमा रहेको शेयर अर्थात् हट स्टकबारे आफ्नो ध्यान बनाइराख्नुपर्छ। अध्ययन तथा अनुसन्धान गनुहोस्। स्टकले नयाँ उचाइ बनाइराख्दा स्टकको प्याट्रन तथा स्थानबारे ध्यान बनाइ राख्नुहोस्। सेयर बजारमा हल्लाले बनाएको नयाँ गिरावटलाई खासै ध्यान नदिनुहोस्।

२. सेयर किन्नुहोस् र छोटो समयको अन्तरालमा नै बेचिहाल्नुहोस् :– केही यस्ता व्यक्तिहरु हुन्छ, जो मार्केट उचाइमा पुगेपछि मात्र धनी हुने सोच राख्छन्। छोटो समयमा गरिने किनबेचलाई प्राथमिकता दिनुहोस्। नाफा कमाउन धेरै समय होल्ड गरेर बस्नु राम्रो हुँदैन। कारोबार गरिरहेकाहरुले गरेको सफलताबारे अध्ययन गर्नुहोस्। त्यो नै नाफा कमाउने सुचक बन्नेछ।

३. घाटालाई तुरुन्त कम गर्नुहोस् :– सेयर बजारमा सफलता पाउन चाहनुहुन्छ भने पहिला आफ्नो घमण्डपूर्ण रुपमा हटाउनुहोस्। यस्तो अवस्थामा केही समयका लागि पछाडि सर्नुपर्नेहुन्छ। तर नोक्सानी कटौती गर्दै अगाडि बढ्नुपर्छ। नोक्सानीलाई लिएर निराश नभइकन अगाडि बढ्नका लागि तयार हुनुहोस्। कतिसम्म नोक्सानी व्यहोर्ने भन्नेबारेमा पहिले नै योजना बनाउनुहोस्।

४. थोरै वा धेरै नाफा लिन नहिचकिचाउनुहोस् :– जबसम्म तपाईले गरेको लगानीबाट फाइदा लिइसक्नुहुन्न तबसम्म फाइदा भयो भनेर सोच्नु गलत हुनेछ। जति पनि फाइदा हुन्छ त्यसलाई जतिसक्दो चाँडो बुक गर्नुहोस्। मार्केट केही मिनेटमै परिवर्तन हुने हुँदा जे गरें ठिक गरे भन्ने सोचमा जोड दिनुहोस्। नाफा कति कमाउने अर्थात कुनै पनि शेयरको मूल्य कति बढ्दा तपाईले नाफा कमाइयो अब बेच्छु भन्ने यकिन गर्नुहोस् न कि अझै बढ्छ अनि बेच्छु। अझै बढ्छ अनि बेच्छु भन्ने लालसा लिनुभयो भने बजार भाउ माथि नगई तल झरेको खण्डमा पछुताउनुसिवाय केही हुँदैन।

५. नयाँ प्रविधिहरुको प्रयोग गर्नुहोस् :– हरेक क्षेत्रलाई प्रविधिले प्रभाव पारिरहेको कुरालाई ग्रहण गर्नुहोस्। तपाई पनि शेयर बजारमा लगानी गरेर फाइदा कमाउन चाहानुहुन्छ भने आफूलाई पनि त्यसैअनुसार परिवर्तन गर्नुहोस्। प्रविधिसम्बन्धी कम्पनीहरुले के गर्दैछन् भनेर अत्तालिनुको साटो आफु पनि त्यसमा अभ्यस्त हुने जमर्को गर्नुहोस्। अब बजार पूर्णतः प्रविधिमा आधारित हुने भएकाले आफ्नो लगानीबाट नाफा कमाउन नयाँ प्रबिधि र बिजनेश मोडेललाई बुझ्ने पयास गरिराख्नुपर्छ। प्राविधिक विश्लेषण, अनलाइनबाट हुने बैंकिंग कारोबार, डिम्याट खाता लगायतका बजारका प्रविधिजन्य विषयलाई आत्मसाथ गर्दै बुझ्ने कोशिस गर्नुहोस्।

६. लिकुइड स्टकसँग जोडिरहनुहोस् :– यदि तपाई फरक ढंगले बजार बुझेर आम्दानी गर्न चाहनुहुन्छ भने लिकुइड स्टकमा टाँसिरहनु उत्तम उपाय हो। लिकुइड स्टक अर्थात् बजारमा धेरै कारोबार भैरहने कम्पनीको शेयर खरिद बिक्री गर्ने बानी गर्नुभयो भने चाहेको समयमा शेयर किन्न अनि बेच्न र नाफा बुक गर्न सकिन्छ। यस्तो स्टकमा धेरै आम्दानी नभए पनि छोटो समयमा आम्दानी निरन्तर रुपमा गर्न सकिने भएकाले त्यो तपाईका लागि दिगो हुन सक्छ।

७. बजारमा चल्ने जस्तोसुकै हावादारी कुराको पछाडि नलाग्नुहोस् :– कारोबारमा कुराहरु सस्ता हुन्छन्। कसैले दिएका कसम तथा सपनाका पछाडि नलाग्नुहोस्। फलानोले फलानो कम्पनीको शेयरबाट यति कमायो, फलानोले भनेको फलानो कम्पनीले यति बोनस दिन्छ भन्ने जस्ता कुराको पछि नलाग्नुहोस्। यस्ता कुरा सुन्नुभयो भने वास्तविकता के हो पत्ता नलगाई कुनै कदम नचाल्नुहोस्। तपाईलाई शेयर किन्न उकास्ने व्यक्तिले शेयर बेच्ने समयको जानकारी नदिँदा उसले नाफा कमाए पनि तपाई घाटा पर्नसक्ने भएकाले आफ्नो निर्णय आफैं गर्नुहोस्।

८. एकैपटकमा धेरै कम्पनीको सेयर नलिनुहोस् :– एकैपटकमा धेरै कम्पनीको सेयर खरिद गर्दा तपाईको पोर्टफोलियो के भइरहेको छ भनेर जानकार हुन नसक्ने तथा भनेको समयमा सबै सेयरको अध्ययन गर्न नसक्ने समस्याले चाहेको समयमा शेयर बिक्री गर्न नसक्ने अवस्था आउन सक्छ। धेरै कम्पनीका धेरै सेयर हुँदा सोचाई धेरै हुने अनि त्यसले तनाव महशुस गराउनेतर्फ चनाखो हुनुहोस्। साथै एउटै कम्पनीको धेरै सेयर नलिनुहोस्। नाफा आउँदा त एउटाबाट धेरै आउन सक्छ त कारणबस नोक्सान भयो भने एउटै कम्पनीको धेरै शेयर कै कारण धेरै नोक्सान हुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस्। आफ्नो क्षमताअनुसार ३० प्रतिशतभन्दा ज्यादा लगानी नगर्नुहोस्।

९. धेरै सस्तो सेयर किनिरहनु आवश्यक छैन तर उछालमा रहेका बेच्नुहोस् :– लगानीकर्ताले कहिलेकाँही कारोबार हुने सबैभन्दा सस्तो मूल्यमा रहेका सेयर किन्नुभन्दा पनि उछालमा रहेका सेयर बेचेर फाइदा लिनु बुद्धिमानी हुनेछ। मध्यम मूल्यका निरन्तर कारोबार हुने सेयरबाट पनि फाइदा लिन सकिन्छ। साथै सबैभन्दा सस्तो सेयर किनेर फाइदा गर्छु भन्ने सोच गलत नभए पनि उछालका सबैभन्दा बढी कारोबार हुने सेयरले फाइदा दिने सम्भावना निकै बढी हुन्छ।

१०. सधैं एउटा योजना बनाउनुहोस् :– यदी तपाई गम्भीर भएर सेयर बजारबाट लामो समयसम्म नाफा कमाउने योजनामा हुनुहुन्छ भने एउटा केन्द्रीकृत योजना बनाएर अगाडि बढ्नु राम्रो हुन्छ। डर र लोभ दुवैलाई मिलाएर अगाडि बढ्नसक्नुपर्छ। आफ्नो योजनाबाट बिमुख नहुनुहोस्। सामान्य नोक्सानी देखिँदा नआत्तिनुहोस्। तपाईको इच्छाशक्ति र तपाईले बनाएको योजनाले नै तपाईको कमाईलाई निर्धारण गर्छ । लगानी गरिसकेपछि त्यसमा आउने सम्भावित जोखिमलाई सहन गर्ने क्षमताअनुसार मात्र लगानी गनुहोस्, जसले तपाईको आत्मविश्वासलाई अझै बढाउन सकोस्।

शेयर मार्केट एक प्रकारको जुवाघर भएकाले जसले माथिका १० कुरालाई सही ढंगले लागू गर्न सक्छ, त्यसले मात्र प्रगति गर्ने सम्भावना बढी हुन्छ। तसर्थ, शेयर मार्केटमा लगानी गर्नुपूर्व शेयर मार्केटका आधारभूत पक्ष बुझ्न नभुल्नुहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्