‘विवेकशील साझा पार्टी’ फुट्यो

Bibekshil sajha party
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । लामो समयदेखि आन्तरिक लफडामा रुमल्लिएको विवेकशील साझा पार्टी फुटेको छ । उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता दिएको बताइएको छ । उनी संयोजकमध्येका एक हुन् ।

उज्वलले ३७ सदस्यीय केन्द्रीय समितिका १६ जनालाई टोलीलाई नेतृत्व गर्नेछन् । उनी र उनको टोलीले निर्वाचन आयोगमा नयाँ दलका लागि आवेदन दिएका हुन् । जसमा रञ्जु दर्शनासमेत रहेकी छन् । त्यस्तै उनको टोलीमा प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल पनि समावेश छन् ।

उज्वलको नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।