नेपाल बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

लोकपाटी न्यूज

नेपाल बैंक लिमिटेड र बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्ट प्रा.लि. बिच छुट सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा मंगलबार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन।

सम्झौतासंगै उक्त रिसोर्टमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले डेबिटरक्रेडिटरअन्य प्रिभिलेज कार्ड, मोबाईलरईण्टरनेट बैंकिङ लगायतका डिजिटल माध्यम मार्फत एकोमोडेशन तथा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५% सम्मको छुट पाउनेछन् ।

नेपाल बैंक लिमिटेडले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईल/ईण्टरनेट बैंकिङ लगायतका बिभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्