कामना सेवाको १ अर्ब बराबरको ऋणपत्रमा आवेदन खुल्ला

लोकपाटी न्यूज

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ। बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र आजबाट निष्कासन गरेको हो। बैकले जारी गर्न लागेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म दरखास्त दिन सकिने छ।

१० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ। सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको ५ प्रतिशत पनि सर्वसाधारणका लागिनै निष्कासन गरिने बैंकले जनाएको छ।

ऋणपत्र निष्कासन बन्द माघ २६ गते बैंकिङ्ग समय पश्चात् हुनेछ। तर, उक्त समय अवधिमा मागभन्दा कम आवेदन परेमा फागुन ६ गतेसम्म समय थप गरिने छ। ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्