Spread the love
  • 170
  •  
  •  
  •  
  •  
    170
    Shares

मन्त्रीको झाप्पड खाएका सचिव भन्छन्- सभामुखकै अगाडि पिट्नुभयो

0

जनकपुर, २९ पुस । आइतबार दिउँसो ३ बजे प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवमाथि हातपात गरे । हातपात गरेको केही समयमै सचिव विद्यानाथ झाले पत्रकारसामु आफूमाथि भएको घटनाको इतिवृतान्त सुनाएका छन् ।

उनले रुँदै भनेका छन्, ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि मन्त्रीले झापड हान्नुभयो ।’ उनले थपे, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ ।’

झाप्पड खाएका सचिवलाई उल्टै मन्त्रीकै निर्देशनमा पक्राउ गरिएको छ । तर, मन्त्री यादवले भने आफूले सचिवलाई कुटपिट नगरेको दाबी गरिरहेका छन् ।

 

Spread the love
  • 170
  •  
  •  
  •  
  •  
    170
    Shares
You might also like
Comments
Loading...