रणबीर-आलियाको विवाह अनिश्चित !

Ranbir-Alia
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको अफेयरलाई लिएर प्राय: खबर आइरहेका हुन्छन् । यतिसम्मकी उनीहरुको सम्बन्धलाई लिएर परिवार पनि सकारात्मक छन् । तरपनि यी दुईले सम्बन्धबारे केही खुलाएका छैनन् । यसैबीच केही दिनअघि मात्र यी दुईको विवाह चाँडै नै हुने खबर आएको थियो । रणबीर-आलियाले यही वर्षको जुनमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

रणबीरका पिता ऋषि कपूर एक गम्भीर रोगको उपचार गराइरहेका छन् । अहिले उनको उपचार न्यूयोर्कमा भइरहेको छ । बताइएअनुसार ऋषिलाई निको नभएसम्म उनीहरुले विवाह नगर्ने सोच बनाएका छन् । तर, ऋषिले भने रणबीरको बिहे चाँडै होस् भन्ने चाहना राखेका छन् ।

ऋषिले भनेका छन्, ‘अब बेला आएको छ । रणबीरले विवाह गर्नुपर्छ । मेरो बिहे पनि २७ वर्षको उमेरमा भएको थियो । उ अहिले ३५ वर्षको भयो । यसकारण उसले अब विवाहबारे सोच्नुपर्छ । उसले आफूलाई मन पर्ने जो कुनै केटीलाई विवाह गर्न सक्छ । यसमा हामीलाई कुनै अफ्ट्यारो छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्