गत वर्षको आर्थिक बृद्धि १.९९ प्रतिशतले ऋणात्मक

लोकपाटी न्यूज

काठमाडौं- गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको हो। केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वृद्धिदर ऋणात्मक भएको जनाएको छ। विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको छ।

विभागले आधार वर्ष २०१०/११ लाई मान्दै गरेको विश्लेषणअनुसार गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो। सो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो। यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको छ। आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो। चालू आवको पहिलो त्रैमासको वृद्धिदर समेत ऋणात्मक देखिएको छ। यो अवधिमा अर्थतन्त्र -४.६ प्रतिशत कायम भएको छ। आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ। तथ्याङ्क विभागका अनुसार गत आवमा वाषिर्क आर्थिक वृद्धिदर -१.९९ प्रतिशत कायम भएको हो। केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले अर्थतन्त्रको संरचनामा परिवर्तन भएको उल्लेख गरे। पाचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्यांक सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्