नेप्सेले माग्यो इन्फ्रास्ट्रक्चर बैंकसंग स्पष्टिकरण

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टिकरण माग गरेको छ। नेप्सेले बैंकलाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरीएको भन्दै स्पष्टिकरण माग गरेको हो। नेप्सेले धितोपत्रको कारोबार मूल्यमा प्रभावित पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्वन्धित निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरेको हो भन्ने बारे तीन दिन भित्र सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न भनेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अघि एक कार्यक्रममा बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भइरहेको बताएका थिए। उनले चालु आर्थिक वर्ष भित्रै लण्डन स्टक एक्चेञ्जमा सूचीकृत गर्ने तयारी भइरहेको जनाएका थिए। बैंकले लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने, चालू आर्थिक वर्ष भित्रमानै ८ दशमलव ५ प्रतिशत ब्याज तोकि बण्ड जारी गर्ने र सो पनि लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत गराउने र मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता बारे यसअघि आफ्नो भनाइ सार्वजनिक गरेको छ।

नेप्सेले यहि समाचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसंग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो? भन्ने विषयमा स्पष्टिकरण माग गरेको छ।

नेप्से सञ्चालक समितिको चैत ३ गते बसेको बैठकले ३ दिन भित्र त्यस सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्