३० लाख कित्ता ऋणपत्र विक्री गर्दै एनसीसी बैंक

लोकपाटी न्यूज

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चैत १३ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ। कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले उक्त ऋणपत्रको नाम ‘९ दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ दिएको छ।

प्रतिऋणपत्र  १ हजार मूल्यको कुल कित्ता मध्ये ११ लाख ४० हजार कित्ता मात्र आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्तामध्ये ६० लाख कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ। बाँकी १८ लाख कित्ता भने बैंक आफैले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई विक्री गर्नेछ।

छिटोमा चैत १८ र ढिलोमा चैत २७ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ।

विक्री प्रबन्धकसँगै एनसीसी बैंकको केन्द्रिय कार्यालय बागवजार, काठमाडौं र सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ। साथै मेरो शेयर सफ्टवेयरबाट पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ। एनसीसी बैंकले यो ऋणपत्र विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ १० गते नै अनुमति पाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्