गैर आवासीय नेपालीलाई लगानी दूतको भूमिका निर्वाह गर्न अर्थमन्त्री पौडललकाे आग्रह

Bishnu_Paudel
लोकपाटी न्यूज

काठमाडौं। गैर आवासीय नेपाली संघका पदाधिकारीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडलले विदेशी लगानीकर्ताको पुँजी र प्रविधि ल्याउन दूतको भूमिका खेल्न आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एनआरएन नेपाल डेभलपमेन्ट फन्डको सुरुवात गर्दै अर्थमन्त्री पौडेलले एनआएनहरुले विश्वभरका लगानीकर्ताहरुलाई नेपालमा लगानी ल्याउन लगानी दूतको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच एनआएएनहरुले नेपालको विकासमा लगानी गर्ने उद्देश्यले १० अर्ब पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक शुभारम्भ भएको छ। जसमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहनेछ। उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अहिले नेपालमा लगानीको वातवरण तयार भएकोले विश्वभरी रहेको गैरआवासीय नेपालीलाई लगानी दूतकोरुपमा काम गर्न आग्रह गरे।