गणतन्त्र दिवसमा नेपालले पायो यस्तो उपहार

ambulance
लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ । भारतले ७० औँ गणतन्त्र दिवसका अवसरमा नेपाललाई उपहार दिएको छ । भारतले सो अवसरमा ३० एम्बुलेन्स र ६ स्कूल बस दिएको हो ।

मुलुकको विभिन्न ठाउँलाई दिइएको एम्बुलेन्स र बसको चावी भारतीय राजदूत मञ्जिभसिंह पुरीले शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरे ।

७० औँ गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन समेत सहभागी थिए । समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्व सभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका भारतीय नागरिक तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा उपराष्ट्रपति पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई र राजदूत पुरीले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशक पुगेको अवसरमा दूतावासले प्रकाशन गरेको ‘भारत– नेपाल कूटनीतिक सम्बन्धका ७० वर्ष’ नामक पुस्तक संयुक्तरुपमा लोकार्पण गरे ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन ५४ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई अनुदान स्वरूप पाठ्यपुस्तक प्रदान गर्ने घोषणा ग्योे ।

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थालाई ७ सय २२ एम्बुलेन्स र १ सय ४२ वटा बस प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्