काेराेना उपचारबाट सरकार पन्छिन खाेजेकाे चिकित्सक संघकाे आराेप

लोकपाटी न्यूज

काठमाडौं। नेपाल चिकित्सक संघले कोरोना महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ। चकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको अभिवाक सरकार भएको भन्दै कोरोना महामारीको समयमा सरकार जनताप्रतिको जिम्मेवारबाट पन्छिन नमिल्न बताएको हो।

संक्रमितहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भइरहेको भन्दै चिकित्सक संघले उनीहरुको उचित व्यवस्थापन तथा थप कर्मचारीको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

एकातिर दिनानुदिन कोरोनाका कारण संक्रमित संख्यामा बृद्धि हुँदै जानु र अर्कातिर स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य उपचारबाट पन्छिन खोज्नुले झनै आम नागरिकमा भय सृजना भएकोमा चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्