एनआइसी एशिया बैंकको ‘उत्तरदायी बनौं, मोब्यांक गरौं’ योजना सार्वजनिक

लोकपाटी न्यूज

काठमाडाैँ। एनआइसी एसिया बैंकले ‘उत्तरदायी बनौँ, मोब्यांक गरौं’ योजना सार्वजनिक गरेकोे छ।

यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम  १०० रुपैयाँ नगद फिर्ता प्राप्त गर्न सकिनेछ। यस योजना अन्तर्गत एक जना ग्राहकहरूले योजना अवधिभर अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ।

बैंकका मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएकाे छ। बैंकका २२ लाख भन्दा बढी ग्राहक भएका यस बैंककाे प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छ।  बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैयाभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्