साधारण सभाबाट प्रभु इन्स्योरेन्सकाे १०.५३ प्रतिशत लाभांश पारित

लोकपाटी न्यूज

काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनीले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सभा प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो। सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ। हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ।

१० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी  १ अर्ब १६ करोड १९ लाख रुपैयाँ पुगेको छ। चालू आवको नौ महीना अर्थात् तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १५ करोड १८ लाख नाफा कमाएको छ। नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलवल ९ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवको तेस्रो त्रैमासमा  १५ करोड २२ लाख नाफा कमाएको थियो।

त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब १५ करोड ७२ लाख बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले जगेडामा  २८ करोड ९३ लाख र बीमा कोषमा ७८ करोड ८९ लाख सञ्चित गरेको छ। हालसम्ममा कम्पनीको जारी बीमालेखको सख्या ८०हजार ४८७ पुगेको छ। त्यसैगरी कम्पनीको नविकरण गरिएको बीमालेखको सख्या १७ हजार ५५८ रहेको छ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ हजार ६३० जनालाई  २९ करोड ३९ लाख ३९ हजार दाबी भुक्तानी गरेको छ भने १ हजार ९५९ जनालाई  १६ करोड ९२ लाख ९५ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी  १५, मूल्य आम्दानी अनुपात  ६४, तरलता अनुपात २ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ  २१३ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्