एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष बसन्तराज अधिकारीको कोभिड-१९को संक्रमणबाट निधन

लोकपाटी न्यूज

काठमाडाैँ। एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिका उपाध्यक्ष, लुम्बिनी प्रदेश ईन्चार्ज तथा हाम्रो आदर्श प्राबी धारापनी घोराही दाङका प्रधानाध्यपक बसन्तराज अधिकारीको कोभिड १९को संक्रमणबाट निधन भएको छ।

संगठनका महासचिव निम बहादुर के सीले विहिबारसाँझ कोरोना भाइरसको संक्रमणबाट उनको निधन भएको जानकारी दिएका हुन्। महासचिव केसीले उनकाे निधनले समग्र शैक्षिक आन्दोलन र संगठनलाई अतुलनिय क्षति पुगेको बताएका छन्। दिवङ्गत अधिकारी प्रति संगठनको तर्फबाट श्रदान्जली दिदै उनको निधनले शैक्षिक आन्दोलनको एक अग्रिणी नेतृत्व गुमाएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्