उदयपुर सिमेन्टले बाेलायाे बार्षिक साधारण सभा, आईपीओ जारीबारे निर्णय गर्ने

IPO Icon
लोकपाटी न्यूज

काठमाडाैँ। उदयपुर सिमेन्ट उद्योग लिमिटेडले बार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जेठ ३० गते २० देखि ३३ औं बार्षिक साधारण सभा एकै पटक बोलाएको हो। साधारण सभा सँगै कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सोही साधारण सभाबाट आईपीओ जारी गर्ने निर्णय गर्ने भएको हो।

कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले नेपाल सरकारलाई एक अर्ब ७२ करोड ५० लाख रुपैयाँ सावाँ र एक अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ ब्याज तिर्नुपर्नेछ। सो सावाँ तथा ब्याज भुक्तानीका लागि कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो।

आफ्नो अधिकृत पुँजी ४ अर्बबाट बढाएर १० अर्ब बनाउने निर्णय पनि सोही साधारण सभाबाट गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्