जेठ ३१ गते आइएमई लाइफ इन्सुरेन्सकाे एजीएम, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने

लोकपाटी न्यूज

काठमाडौं। आइएमई लाइफ इन्सुरेन्सले जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। भर्चुअल माध्यमबाट सभा हुने कम्पनीले जनाएको छ।

आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा-नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ। आर्थिक वर्ष २०७६-७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ।  हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले यहि पुँजीबाट प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ। आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्