पाँच वर्षमा राेल्पाकाे मुहार फेरिन्छ : मन्त्री वर्षमान पुन

barsaman-pun ananta
लाेकपाटी न्यूज

रोल्पा, १८ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अबको ५ बर्षमा रोल्पाको मुहार फेरिने बताएका छन् ।

उनले आगामि ५ वर्षभित्र सिङ्गो रोल्पा जिल्ला फुसको छानामुक्त हुने घोषणा गरेका हुन् । शुक्रबार रोल्पाको सुनिल स्मृती गाँउपालिकास्थित पन्चिकोटमा आगलागिबाट पूर्ण क्षेती भएका ६ घरको पुननिर्माण पछि उद्घाटन गर्दै मन्त्रीपुनले सो कुरा बताए ।

शुक्रबार उनले ‘समृद्धि रोल्पा फाउण्डेशन’ मातहत निर्माण गरिएको सांसद सुरक्षित आवास कार्यक्रमले निर्माण गरेका घर  उद्घाटन गरेका छन् ।

मन्त्री पुनले सरकारले अघि सारेको सुरक्षित आवास कार्यक्रम समेत सकेसम्म धेरै रोल्पामा भित्र्याउन आफुले पहल गर्ने बताए । सम्बृद्ध रोल्पा बनाउन खानेपानी, बिजुली जस्ता आधारभूति कुराहरुको व्यवस्था छिटोभन्दा छिटो गर्ने बताउँदै मन्त्री पुनले सांसद सुरक्षित आवास कार्यक्रम र विभिन्न सहयोगी निकायको सहयोगमा सम्बृद्ध रोल्पा बनाइछाड्ने प्रतिवद्धता गरे ।

यस्तै पूर्व सभामुख तथा नेकपा प्रदेश ५ की अध्यक्ष ओनसरी घर्तीले सांसद सुरक्षित कार्यक्रमबाट सबै गरिबि हटाउन फउण्डेशन क्रियाशिल रहेको बताईन् । मन्त्री पुन र पूर्वसभामुख घर्तीले गत माध १५ गते आगलागी भएको स्थान पुगेर आपतकालिन राहत वितरण गर्दै बस्ती निर्माण गर्ने घोषणा गरेका थिए ।