इथियोपियामा ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने राष्ट्र संघकाे चेतावनी

लोकपाटी न्यूज

काठमाडौं। संयुक्त राष्ट्र संघले इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। संघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो।

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७  लाख मानिसहरु विस्थापित भइसकेका छन्। संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएको छ। युद्धका कारण त्यहाँका नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको पनि अभाव हुन थालेको छ। जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्