आरबीबी मर्चेन्ट बैंकिङले पायाे म्युचुअल फन्ड निष्कासन गर्ने अनुमति

लोकपाटी न्यूज

काठमाडौं। आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड निष्कासन गर्ने अनुमति पाएको छ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले ‘आरबीबी म्युचुअल फन्ड १’ लाई १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो। आरबीबी मर्चेन्ट बैंकिको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो। यसमा कोष व्यवस्थापकको काम आरबीबी मर्चेन्ट बैंकिङे गर्नेछ। धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब निष्कासन प्रक्रिया अघि बढाउने कोषको भनाई छ। पछिल्लो समय पुँजी बजारमा म्युचुअल फन्डहरुको उपस्थिति बाक्लो बन्दै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्