सरकारले ल्याएकाे कार्यक्रममा विचाैलिया हावी भएकाे प्रदेशसभा सदस्य माझीकाे दावी

लोकपाटी न्यूज

काठमाडाैँ। बागमती प्रदेशसभा सदस्य रिता माझीले प्रदेश सरकारले कृषकहरुलाई लक्षित गरेर ल्याएको सहुलियतपूर्ण ऋण कार्यक्रममा विचौलिया हावी भएको बताएकी छिन्। शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याएको सो कार्यक्रममा समेत विचौलियाको हावी भएको जानकारी आएको बताइन्।

रामेछापका केही कृषकहरुले उक्त सहुलियतपूर्ण ऋण नपाएको तर विचौलियाले ५० हजार रुपैयाँ लिएर ऋणको व्यवस्था गरिदिने जानकारी आएको उनले बताइन्। कृषकले सो विषयमा प्रश्न गरेपछि संसद्मा आफुले सम्बन्धित मन्त्री र सरकारसँग जवाफ माग गर्ने जवाफ दिएको र त्यस्तो काम नगर्न कृषकलाई आग्रह गरेको उनले बताइन्।

विपद्को समयमा जोखिम न्युनीकरणका लागि स्थानीयहरुले माग गरे अनुसारका आवश्यक सामग्रीहरु सरकारले यथाशीघ्र उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। अविरल वर्षाका कारण मकवानपुरको मनहरी र सिन्धुलीको मरिणमा डुबान हुने देखिएकाले सो क्षेत्रका लागि सरकारले आवश्यक सामाग्री तत्काल उपलब्ध गराएर क्षति रोक्नुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्