उपसचिव समायोजनकाे सूची सार्वजनिक

ministry
लाेकपाटी न्यूज

काठमाडौं, २५ माघ । प्रशासन सेवामा समायोजन भएका उपसचिवहरुको विवरण सार्वजनिक भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना मध्ये अधिकांशले संघ रोजेका छन्। मन्त्रालयका अनुसार ८ जनाले प्रदेश र ४ जना उपसचिवले स्थानीय तह रोजेका छन्। सरकारले ६ सय ६२ जना सहसचिवको समायोजनको कार्य समेत अघि बढेको बताएको छ ।

सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले सरकारको नियमित पत्रकार सम्मेलनमा विशिष्ट श्रेणी वा राजपत्रांकित प्रथम श्रेणीसम्मका सबै कर्मचारीको समायोजन सकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्