कस्तो होला खान मिल्ने कपडा ?

EATING CLOTHS
लाेकपाटी न्यूज

काठमाडौं, २६ माघ । उत्तर कोरियाले खान मिल्ने कपडा बनाएको छ । सुन्दा अचम्म लाग्ने, कपडा पनि खान मिल्ने । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण धान्न खानमिल्ने कपडा बनाएको हो ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएका हुन् ।

कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ ।

खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ । पुरुषका लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ । जुन खान मिल्ने कपडा हुन् ।

अनौठो प्रयोग गरेर चर्चामा आउने उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका लागि चर्चामा आउने गरेको छ भने अहिले अमेरिकासँग वार्ताका लागि निकै चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्