Spread the love
  • 16.2K
  •  
  •  
  •  
  •  
    16.2K
    Shares

एडोल्फ हिटलर : जसलाई आमा गर्भमै तुहाउन चाहन्थिन् (जीवनी)

0

जर्मनीका शासक हिटलर विश्वविख्यात तानाशाह मानिन्छन् । उनका बाबु एलोइस सन् १८३७ मा जन्मेका थिए । उनी, मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन् ।

हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको मृत्यु भयो । त्यही बेलादेखि नै एलोइस आफ्ना काकासँग सानो कृषि फार्ममा बस्न थालेका थिए । कृषि फार्मबाट वाक्क भएर एलोइस १३ वर्षको उमेरमा नै केही गर्न भनेर भियना गए । त्यहाँ गएर उनले जुत्ता बनाउने पसलमा अति नै थोरै पैसामा काम गर्न थाले । पछि, अष्ट्रियन नागरिक सेवामा भर्ना भए । त्यही उनी सहायक भन्सार कर्मचारी भए ।

उनले अत्यन्तै मेहेनत गरे, राम्रो काम गरेर देखाए । जसको फलस्वरुप उनी ‘सुपरीवेक्षक’सम्म बने । सन् १८७५ सम्म आफ्नो कडा मेहनतले उनी ‘वरिष्ठ सहायक निरीक्षक’ भए । एउटा गरीब किसान केटोबाट त्यस पदसम्म उनले जीवनमा ठूलो फड्को मारे । त्यो बेला एउटा घटना घट्यो, जुन भविष्यका निम्ति ठूलो संकेत हुनपुग्यो । एलोइस आफ्नो नामका पछाडि आमाको नामसँग जोडिएको स्चीकग्रुबर राख्ने गर्थे ।

तर, नागरिक सेवामा उनले प्राप्त गरेको सफलतापछि उनका काकाले आफ्नो थर हिटलर नै लेख्न एलोइसलाई राजी बनाए । एलोइसले पनि आफ्नो पारिवारिक नामलाई नै निरन्तरता दिए । जब अभिलेख किताबमा नाम दर्ता गराइयो, तब उनको नाम भुलबस् एलोइस हिटलर हुन पुग्यो । यसरी सन् १८७६ मा ३९ वर्षको उमेरमा एलोइस स्चीकग्रुबरबाट एलोइस हिटलर बन्न पुगे ।

सन् १८८९ अप्रिल २० का दिन एडोल्फ हिटलर जन्मेका थिए । जर्मनीको सीमा छेउ अस्ट्रियाको सानो गाउँ ब्राउनाउमा उनको जन्म भएको थियो । हिटलरको परिवार सहज जीवनको खोजीमा फेरि अर्को ठाउँमा सर्‍याे । त्यसपछि लगत्तै हिटलर ६ महिनासम्म बेनेडिक्टको धार्मिक आश्रममा बसे । जहाँ धार्मिक व्यक्तिहरु मात्र बस्थे । त्यस आश्रममा बस्ने सन्तहरुले लगाउने कोटको बाहुलामा एउटा चिन्ह अंकित हुन्थ्यो । त्यस चिन्हलाई स्वस्तिका भनिन्थ्यो ।

एलोइस हिटलरकी तेस्री श्रीमती क्लाराको कोखबाट जन्मिएका चौथो सन्तान थिए, हिटलर । पारिवारिक गरिबीकै कारण क्लारा हिटलरलाई गर्भमै तुहाउन चाहन्थिन् । तर, डाक्टरले उनको निर्णयमा मञ्जरी नदिएपछि सफल भइनन् । गर्भ हुर्कियो र बच्चाका रूपमा धर्तीमा आयो । यिनै बच्चा अडोल्फ हिटलर बने । २० अप्रिल १८८९ मा अस्ट्रियामा जन्मिएका हिटलरले गरिबीकै कारण कहिल्यै राम्रो पढाइ गर्न पाएनन् ।

सानोमा एडोल्फको सपना धार्मिक पण्डित हुने थियो । बाल्यकालभरि एडोल्फ हिटलरलाई उनका बाबुले पिटे । यो विषयमा एक व्यक्तिले भनेका थिए, ‘अनुशासनको लागि यसो गरिएको थियो। तर, यो राम्रो तरीका थिएन ।’ एलोइस आफू जस्तै अरु पनि आज्ञाकारी हुन् भन्ने आशा गर्थे । उनी आफ्ना छोरा–छोरीलाई अह्राउने गर्थे र सो अनुसारको कामको पनि आशा गर्दथे । प्राइमरी स्कुलमा हिटलरले अति राम्रो गरे र अति नै राम्रो शैक्षिक भविष्य देखाए । उनको अगाडि उज्ज्वल भविष्य देखिन्थ्यो ।

उनी आफ्ना अन्य सहपाठीमाझ लोकप्रिय थिए र आफूभन्दा ठूलाबाट प्रशंसित हुन्थे । सबैभन्दा ठूलो कुरा त आफ्नो ‘नेतृत्व क्षमता’को विलक्षण प्रतिभा उनमा देखियो । उनी अति धार्मिक प्रवृत्तिका बच्चा थिए । उनले आफू सन्त बन्ने कुरा पनि सोचे । त्यही बेला हिटलर परिवार अस्ट्रियाको एक शहर ‘लामवेक’मा सरे । त्यो ठाउँ लिन्ज र सजबर्गको बीचमा पथ्र्यो । हिटलरलाई यसरी सर्नुको अर्थ थियो, खेतको कामबाट मुक्ति पाउनु र खेल्न धेरै समय पाउनु । त्यहाँ पनि हिटलर स्कुल जान थाले र स्कुलमा उनले राम्रो गरे । उनी एक धार्मिक स्कुलमा भर्ना भएका थिए ।

उनले त्यहाँ गीत गाउने केटाहरुको कोरसमा भाग लिए । उनी गीत राम्रो गाउँथे, भनिन्छ उनको राम्रो स्वर थियो । वर्षौंपछि हिटलरले भनेका थिए, ‘कुनै चाड, उत्सव र क्याथोलिक समारोहहरुमा उनी अति नै उत्साही र खुशी हुन्थे र पछि उनमा त्यसको गम्भीर असर पर्‍याे ।’ हिटलरको परिवारले अचानक एक वियोगको सामना गर्नुपर्‍याे । उनका भाइ एडमण्डको ६ वर्षको उमेरमा दादुराको कारण मृत्यु भयो । बच्चा एडोल्फ जो युद्धसम्बन्धी खेल खेल्न रुचाउँथे र काल्पनिक मृत्युको खेल खेल्थे । तर यसरी पहिलोपल्ट वास्तविक मृत्यु देखे । यसले एडोल्फमा गम्भीर असर पर्‍याे ।

उनको मृतक भाइलाई घर नजिकै चिहान बनाएर राखियो । एडोल्फ सुत्ने कोठाको झ्यालबाट यो चिहान देखिन्थ्यो । वर्षौं पछाडि पनि कहिलेकाहीं एडोल्फ हिटलर राति चिहानमाथि बसेर आकाशमाथि हेरेर घण्टौंसम्म टोलाइरहेका हुन्थे । कहिले भने झ्यालमा बसेर चिहानतिर हेरेर टोलाइरहेका हुन्थे । एलोइस जो हिटलर जन्मदा ५२ वर्षका थिए । उनी आफ्ना छोराले राम्रो काम गरुन् भन्ने कुरामा अति उत्सुक थिए । एलोइस अति कडा बाबु थिए । उनी आफ्ना छोरोले भनेको नमानेमा निर्दयतापूर्वक पिट्थे । एलोइस जुनियर जब १३ वर्ष पुगे, उनी आफ्ना बाबुप्रति असन्तुष्ट भए । उनलाई बाबुले गाली गर्थे र पिट्थे पनि । एक वर्षपछि उनी १४ वर्षका भए, अब उनी आफू बाँच्न सक्ने भए र घरबाट भागे ।

उनका बाबुले उनलाई कहिल्यै भेट्टाएनन् । त्यो बेला एडोल्फ मात्र ७ वर्षका थिए । उनका बाबुले एडोल्फलाई पनि त्यही व्यवहार दोहोर्‍याए । सन् १९०० सम्ममा हिटलरमा एक कलाकारको गुण देखियो । उनले युनिभर्सिटीको तयारी राम्ररी गरे । उनी त्यसको लागि योग्य पनि भए । हिटलर रिलसुलमा भर्ना हुने उनको बाबुको निर्णयमा सहमत भए । उनका साथी कुविजेकको भनाइ अनुसार जर्मन संगीतकार रिचार्ड बाग्नरले प्रस्तुत गरेको गीत ‘रिन्जी’ हेरेपश्चात हिटलरले दुष्टात्माले प्रभाव पारेकोजस्तो व्यवहार देखाउन थाले । हिटलरले आप्mनो साथीलाई भिरालो पहाडको चुचुरोमा पुर्‍याए र आफ्नो ‘ग्रेट मिशन’बारे अनौठो श्वरमा कुरा गरे, जुन मिशन थियो, मानिसलाई स्वतन्त्रता दिनु । ठीक त्यस्तै, उनले ओपेरामा देखेका थिए ।

हिटलरले पहिलो ओपेरा १२ वर्षको हुँदा हेरेका थिए । उनको अर्को महत्वपूर्ण चाख देखियो, त्यो समयमा, त्यो हो जर्मन राष्ट्रवाद । उनी अष्ट्रियन राजतन्त्रको विरुद्धमा थिए । एडोल्फ हिटलर र उनका साथीहरुले जर्मन अभिवादन हेल भन्न रुचाउँथे । र जर्मन राष्ट्रिय गीत “डचल्याण्ड उबर एलेस” गाउँथे । तर, हिटलरका बाबुले अष्ट्रियन साम्राज्यवादीको सेवा गरेका थिए र हेपवर्ग राजतन्त्रप्रति बफादार थिए । शायद उनी अन्जानमै आफ्नो विद्रोही छोराको बफादारिता ‘जर्मन केसर’प्रति अर्पण गर्न प्रोत्साहित गरिरहेका थिए ।

हिटलरलाई लाटोकोसेरो पनि भनिन्थ्यो । उनी राति अबेरसम्म पनि सुत्दैन थिए । उनी राति घरबाहिर निस्किएर हिंड्थे । जब हिटलर अठार वर्षका भए, उनले आफ्नो बाबुको सम्पत्ति प्राप्त गरे । त्यो पैसाले हिटलर “कला” पढ्न भियना गए, हिटलरले एकेडेमिज स्कुल अफ पेन्टिङ्गमा दुई दिनको प्रवेश परीक्षा दिए । अति नै आत्मविश्वासका साथ रिजल्टको प्रतीक्षा गर्न थाले । उनी स्कुलमा प्रवेश पाउने कुरामा ढुक्क थिए । तर उनी प्रवेश परीक्षामा फेल भए । बिजुली चम्केजस्तो महसुस गरे उनले । उनले बनाएको पेन्टिङबाट जजहरु सन्तुष्ट भएनन् । त्यसकारण उनी फेल भए । यसले हिटलरलाई अति नै असर पर्‍याे ।

सन् १९०५ मा पढाइ छाडेर उनी पेन्टिङतिर लागे । तर, उनलाई ‘स्कुल अफ आर्ट’ एवं अन्य आर्ट एकेडेमीमा प्रवेश गर्न दिइएन । त्यही वेलातिर उनकी बिरामी आमाको पनि मृत्यु भयो । आमालाई गाडिएको चिहानमा गएर उनी रुन्थे । आफू १८ वर्षको हुँदा आमाले पनि छाडेर जाने र स्कुल अफ आर्टबाट पनि तिरस्कृत भएपछि उनी अन्ततः राजनीतितर्फ लागेका थिए ।

उनले अन्ततः आफ्नो सबै कुरा सके र भीख माग्न थाले । राति सडक र गल्लीमा राखिएको बेन्चमा सुत्थे । उनी फोहोरी, दुर्गन्धित भए र फाटेका लुगा लगाउँथे । सन् १९०९ डिसेम्बरतिर त उनको हालत झन् नाजुक थियो । यहूदी परोपकारीहरुद्वारा सञ्चालित गृहहरुमा दिन बिताउन थाले । यो त्यो समय थियो, जब हिटलरमा विस्तारै यहूदीहरुप्रति नराम्रो भावना विकसित हुँदै गयो । जसले पछि उग्र रुप लिएको थियो ।
प्रथम विश्वयुद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए । ती भाग्यमानी सैनिक अरू कोही नभएर हिटलर नै थिए । त्यसपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन सुरु गरेका थिए । उनी यहुदीलाई सखाप पार्न चाहन्थे ।

यहुदीमाथि धेरै अत्याचार गर्ने हिटलरकी पहिली प्रेमिका यहुदी नै थिइन् । ‘भक्सवेगन बेटल कार’ बनाउने तरिका पनि उनले एक यहुदी इन्जिनियरबाटै चोरेका थिए । हिटलरलाई चकलेट अत्यन्तै मन पथ्र्यो । चक्लेट खाइरहने उनको बानी थियो । हिटलरले इंग्ल्यान्डका राष्ट्रपतिलाई विस्फोटक चकलेटद्वारा मार्ने योजनासमेत बनाएका थिए । तर, त्यो सम्भव भएन । हिटलरलाई बिरालोसँग भने निकै डर लाग्थ्यो ।

आधुनिक विश्वमा हिटलर नै यस्ता पहिला व्यक्ति थिए, जसले धुम्रपानविरोधी अभियान सुरु गरे । अर्को कुरा, मारकाटको राजनीति गरेका हिटलर मांसाहारी थिए होलान् भन्ने धेरैको अनुमान हुन सक्छ । तर, उनी शाकाहारी थिए । उनले पशु क्रूरताविरुद्ध कानून पनि बनाएका थिए ।

हिटलरलाई ड्रग्सको लत बसेको थियो । उनी प्रत्येक दिन ८० प्रकारका ड्रग्स सेवन गर्थे । उनको स्वास्थ्य धेरै बिग्रेको थियो । हर समय शरीर काँप्ने गथ्र्यो । उनी आइड्रपमा पनि १० प्रतिशत कोकिन मिसाउँथे । उनी पेट फुल्ने समस्याबाट ग्रस्त थिए । यसबाट छुटकाराका लागि उनी २८ प्रकारका औषधि सेवन गर्थे ।

कलाकार चार्ली चाप्लिनका निकै ठूलो प्रशंसक थिए, हिटलर । चार्लीको जुँगा उनलाई खुब मन पथ्र्यो । त्यसैले त उनी चार्लीकै जस्तो जुँगा राख्थे । हिटलरका जुँगालाई ‘टुथब्रस जुँगा’ भनिन्थ्यो । हिटलर चार्लीभन्दा केवल चार दिन मात्रै कान्छा थिए । हिटलरका लागि त्यो सबैभन्दा खुसीको दिन थियो, जुन दिन ‘टाइम्स म्यागजिन’ले हिटलरलाई ‘म्यान अफ द इअर’को टाइटल दिएको थियो । यो सन् १९३८ को घटना हो । सन् १९३९ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामांकित गरिएको थियो ।

सन् १९३३ मा हिटलरले जर्मनीको सत्तामाथि कब्जा जमाए । त्यसपछि उनको राज्य बिस्तारको अभियान सुरु भयो । उनले आफ्नो विरोधीहरुमाथि अत्यन्तै क्रुर व्यवहार गरे । राज्य बिस्तारका क्रममा उनको सेना बर्लिनको पर्खासम्म पुग्यो, जहाँ स्टालिनको रुसी सेना थियो । उनको राज्य बिस्तार अभियान जर्मन अन्धराष्ट्रवादको द्योतक थियो । उनकै कारण सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्ध चल्यो । विश्वविख्यात तानाशाह हिटलरको मृत्यु सन् १९४५ अप्रील ३० का दिन भयो ।

Spread the love
  • 16.2K
  •  
  •  
  •  
  •  
    16.2K
    Shares
You might also like
Comments
Loading...