तालिवानीकाे क्रुर सजाय : अपहरणकारीलाई मारेर चोकमा झुण्ड्याइयो शव

लोकपाटी न्यूज

असाेज १० काठमाडाै। तालिबानले चारजना अपहरणकारीलाई गोली हानी मारेर उनीहरुको शवलाई अफगानी शहर हेरातको सार्वजनिक स्थलमा झुण्ड्याएको जानकारी दिएको छ । तालिबानी अधिकारीले अति क्रुर सजाय दोहोरिन सक्ने भन्दै दिएको चेतावनीको भोलिपल्ट उनीहरुको शव सार्वजनिक स्थलमा राखिएको हो ।

स्थानीय अधिकारीका अनुसार एक व्यापारी र उनका छोरालाई अपहरण गरेका कारण ती चारजनालाई मारिएको हो ।​ स्थानीयका अनुसार ती शवलाई क्रेनको सहयोगमा सिटी सेन्टरमा झुण्ड्याइएको हो ।​ वाजिर अहमद, एक स्थानीय पसलेले असोसिएटेड प्रेस समाचार एजेन्सीको सहयोगमा चारवटा शवलाई चोकमा ल्याएको र त्यहाँ एकजनालाई झुण्ड्याइएको जानकारी दिए ।

उनका अनुसार बाँकी शवलाई शहरका अन्य चोकमा ‘डिस्प्ले’ का लागि लगियो ।​ हेरातका डेप्युटी गभर्नर माउल्वाई सायरले भविष्यमा अपहरणका घटना नदोहोरियोस् भन्नका लागि शवलाई झुण्ड्याएर राखेको बताए ।

ती चारजनाले एक व्यापरी र उनका छोरालाई अपहरण गरेको भन्ने तालिबानले थाहा पाएपछि उनीहरुलाई गोली हानी हत्या गरिएको सायरले जानकारी दिए । अपहृत व्यापारी र उनका छोरा दुबैलाई रिहा गरिएको छ । यद्यपि, बीबीसीले ती चारजनालाई कुन परिस्थितिमा मारिएको भनेर स्वतन्त्र रुपमा पुष्टि भनेको गरेको छैन । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्