उत्तर कोरियाद्वारा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रकाे सफल प्रक्षेपण

लोकपाटी न्यूज

उत्तर कोरियाले मङ्गलवार ‘हाइपरसोनिक’ क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । सो क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो ।

‘ह्वासङ्-८’ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्।

जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ। साधारण क्षेप्यास्त्र भन्दा ‘हाइपरसोनिक’ क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमता हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्