प्रदेश १ : गठबन्धनले टुंग्यायाे पाँच मन्त्रीकाे नाम र मन्त्रालय

लोकपाटी न्यूज

काठमाडाैं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै आज केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । जसअनुसार गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

गठबन्धनबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। त्यस्तै एकीकृत समाजवादीकै सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

यस्तै काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा उपनेता हिमाल कार्कीलाई पठाउने सहमति भएको छ ।  यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्