प्रजातन्त्र दिवस तीन दिन मनाइने

images01
लाेकपाटी न्यूज

विराटनगर, ६ फागुन । प्रदेश नं. १ ले यसपाली प्रजातन्त्र दिवस तीन दिन मनाउने भएको छ ।

६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समितिसमेत गठन गरिएको छ ।

समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दीपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ । यता नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवं अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्र्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्