प्रदेशकाे नाम चाँडै टुंगो लगाउँछौँ : मुख्यमन्त्री राई

लोकपाटी न्यूज

काठमाडाैं। प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार आयाेजित एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।

अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्राेत खोजेर ठूलो बनाउने  पनि उनले बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप समेत लगाए।

उनले प्रदेशको नामाकरण गर्न दुईतिहाइ मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताए। ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा स्राेतहरू खेजेर ठूलो बनाउने प्रयास गर्छौं’, उनले भने।

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको पनि बताए। उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए। मु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्