महिनावारी भइरहेकै बेला सुत्केरी

rochak
लाेकपाटी न्यूज

लण्डन । बेलायतमा टाउको दुखेर कोमामा गएकी एक किशोरी चार दिनपछि उठ्दा छोरी पाएको खबरले आफैँ आश्चर्यमा परेकी छन् । १८ वर्षीया इबोनी स्टेभेन्सन नामकी ती किशोरीले अस्वस्थता महसुस गरेपनि उनी गर्भवती भएको भने उनलाई जानकारी नभएको बताइएको छ ।

उनको बच्चा दुईमध्ये एउटा कोखमा रहेको थियो । यस्ता घटना यदाकदा मात्रै हुने हुन्छ । त्यो अवस्थालाई ‘युटेरस डिडेल्फीज’ भनिन्छ । एउटा कोखबाट उनको महिनावारी भने भइरहेको र अर्को कोखमा भने उनको बच्चा बढ्दै गइरहेको अवस्था भएको जनाइएको छ । उनको त्यो कोख भने ढाडतर्फ रहेकोले गर्भवती भएको कुनै ‘नोटिस’ नभएको हो ।

ती किशोरी ६ डिसेम्बरमा बच्चा सहित उठेकी थिइन् । उनले आफ्नी छोरीको नाम इलोडी राखेकी छन् । आफूलाई अनौठोे र ‘मिराकल’ भएको बताएकी छन् उनले । उनको बच्चा सिजरिङ गरेर निकालिएको हो । त्यसका लागि करिब ३ घण्टाको समय लागेको थियो । स्टेभेन्सनले यही फेब्रुअरी देखि मिडलटनको होपउड कलेजमा पढ्न जाने बताएकी छन् ।
(बीबीसीको सहयोगमा आधारित)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्