काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार १०० पुगेको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।