नेपालको कृषिबारे राज्यमन्त्री चौधरीको संबोधन

received_583469112128327
लाेकपाटी न्यूज

रोम, १० फागुन । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको कृषि क्षेत्रको विकास र सम्भावना बारे संबोधन गरेकी छिन् । विश्व खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.) द्वारा आयोजित LAUNCH OF THE STATE OF THE WORLD’s BIODIVERSITY FOR FOOD AND AGRICULTURE कार्यक्रममा उनले नेपालको कृषिबारे बोलेकी हुन् ।

उनले नेपालले खाद्य र कृषिको लागि विश्वको जैविक विविधता सम्बन्धि रिपोर्ट तयार पारेको र उक्त रिपोर्ट जेनेटीक रिसोर्स कमिसनमा पेस गरीसकेको जानकारी गराएकी थिइन् ।

नेपालले भर्खरै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्बन्धि कानुन बनाएको र जैविक विविधताको क्षेत्रमा बाली, पशुपालन, मत्सेपालन, वनजङ्गल लगायत सम्बन्धि जैविक स्रोतहरुलाई सँगसँगै लिएर जाने नीति लिएको मन्त्री चौधरीले बताएकी थिइन् । विविध जलवायु परिवर्तनको कारणले गर्दा नेपालले अनुवंशिक स्रोतहरुमा अत्यधिक विविधता पाएको जानकारी राज्यमन्त्री चौधरीले बताइन् ।

नेपालले अन्तर्राष्ट्रिय सन्धिहरुको पालना गर्न जैविक विविधता नीति , राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्यान्वयन योजना, राष्ट्रिय कृषि नीति, कृषि विकास रणनीति, राष्ट्रिय बीउ नीति बनाइ अगाडी बढिरहेको मन्त्री चौधरीले बताइन् ।

‘कुनै पनि राष्ट्र सबै कुरा गर्न सक्षम छैन तसर्थ हामी सबै मिलेर जानुको विकल्प छैन ।’ उनले भनिन्,  ‘यस सन्दर्भमा म यहाँहरुलाइ के ढुक्क बनाउन चाहन्छु भने नेपाल अन्तर्राष्ट्रिय स्तरमा भएका जैविक विविधतासम्बन्धि सन्धि र महासन्धिको अलवा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने कुरामा कटीबद्ध रहेको छ र रहने छ ।’

पाँच दिने genetic resources for food and agriculture कार्यक्रम शुक्रबारबाट सकिने राज्यमन्त्री चौधरीका स्वकीय सचिव ङामुङ्हाङ मेनाङ्ग्बोले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्