सर्वदलीय बैठकबारे एमालेलाई औपचारिक जानकारी भएन : गुरुङ

Prithivi-subba-gurung
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना बैठकमा उपस्थित हुन नसकेकाे उनले बताएका हुन्।

उनले भने, ‘सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै आएको छैन । मिडियामा आएको भरमा हुन्छ र ? औपचारिक रूपमा लिखित जानकारी आयो भने के गर्ने भन्ने विषयमा बल्ल छलफल गर्छौँ । अहिले त हामीले त्यसबारे छलफलसमेत गरेका छैनौँ ।’ लिखित रूपमा आमन्त्रण नगरी एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको हल्ला पिटाउने काम सत्तारुढ दलहरूले गरेको उनको आरोप छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको बैठकमा एमाले अनुपस्थित थियो । एमालेबाहेकका संसदमा प्रतिनिधित्व गर्ने दलहरू भने बैठकमा सहभागी भएका थिए ।