इरानी विदेशमन्त्री दिए इन्स्टाग्राममार्फत राजीनामा

Irani Bideshmantri
लाेकपाटी न्यूज

एजेन्सी । इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजीनामाको सार्वजनिक घोषणा गरेका हुन् । जरिफलले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।

इरानका तर्फबाट सन् २०१५ को परमाणु सम्झौता गराउन प्रमुख भूमिका निर्वाह गरेका विदेशमन्त्री जरिफले अनपेक्षित रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सोमवार तेहरान पुगेका सिरियाली राष्ट्रपति बसर अल असदले सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीसँग भेट गरेका थिए । तर, विवरणहरूमा जनाइएअनुसार जरिफ त्यसमा सहभागी थिएनन् ।

सम्झौताको भविष्यमा प्रश्न उठिरहेका सन्देहरूलाई सङ्केत गर्नेगरी उनले इन्स्टाग्राममा इरानी जनताका नाममा सन्देश लेखेका छन् ।

जसमा उनले पदमा रहँदा भएका गल्ती र पूरा गर्न नसकेका कामका लागि माफी मागेका छन् । तर, उनको राजीनामा राष्ट्रपति हसन रुवानीले स्वीकृत गर्ने नगर्ने अझैँ स्पष्ट छैन् ।

डोनाल्ड ट्रम्प सत्तामा आएपछि इरानसँगको परमाणु सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेको थियो । सन् २०१८ मे महिनामा अमेरिका त्यसबाट पछि हटेसँगै र पुन प्रतिबन्ध लागेसँगै त्यसको भविष्य सङ्कटमा परेको ठानिएको छ ।

अमेरिकाले आफ्ना पश्चिमा साझेदारहरूलाई समेत इरान मामिलामा आफूलाई पछ्याउन आग्रह गर्दै आएको छ ।
जरिफले भने सन् २०१७ मै अमेरिका सम्झौताबाट पछि हट्न लागेको बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्