बाँकेको विकासमा राज्यको ध्यान जाओस् : सांसद गहतराज

Maheswor gahatraj
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका सांसद महेश्वर गहतराज ‘अथक’ले बाँके जिल्लाको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताललाई अत्याधुनिक विशेषज्ञसहितको सुविधासम्पन्न संघीय अस्पताल बनाउने निर्णयका लागि सरकारलाई धन्यवाद दिएका छन्।

गहतराजले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँकेका जनताको तर्फबाट सरकारलाई धन्यवाद दिएका हुन्। बैठकमा बोल्दै उनले नेपालगञ्जको राझामा रहेको राझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन, सिक्टा सिंचाइँ आयोजनाको कामलाई तीब्र गतिमा अगाडि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद गहतराजले हुलाकी सडक र हुलाकी सडकमा पर्ने पुलको काम छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न, राप्ती नदीको दुवै साइड तटबन्ध गरी बर्षाेनि हुने धनजनको क्षति रोक्न, बाढीपीडितलाई पुनर्स्थापना गर्न, नेपालगञ्जमा विश्वविद्यालय स्थापना गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

बाँके जिल्ला र नेपालगञ्जमा पूर्वाधार विकास समृद्धिका लागि अथाह सम्भावना भए पनि सरकारको प्राथमिकतामा नपरेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन्। गहतराजकै पहलमा सरकारले भेरी अञ्चल अस्पताललाई विशेषज्ञ सेवासहित संघीय अस्पताल बनाउने निर्णय गरेको थियो।