एन पी घायलको ‘निर्दोष गुलाब’ (कविता)

rose
लोकपाटी न्यूज

म एक निर्दोष रातो गुलाब !
आज प्रेमको नाममा मलाई बजार भाउ लगाएर विनिमय गर्नेहरुले
भोलि त्यही प्रेमको विनिमय गर्दैनौ कसरी भनौं ?

प्रेमको नाममा
मेरो निर्दोष मुन्टो चुँडाएर
एक एक थुङ्गा साटासाट गर्दैमा
तिमीहरुको मुटु कसरी जोडिन्छ रु
यो त तिम्रो भ्रम हो,
आज मेरो मुटु मै सङ्ग अलग्याएर
कसरी आफ्नो मुटु जोड्न खोज्दै छौ ?

दुई मुटु एक हुन त
केवल अन्तर्मनको गहिरो भावना
निस्वार्थ निश्चल निर्मल मन र चाहनाको सङ्गम हुनुपर्छ
मिल्नुपर्छ भोक प्यास र वेदना
जसरी
हामी एकै डालीमा मिलेर एकै रङ्गमा फूलिरहन्छौ।

आफ्नो स्वार्थका लागि अरुको जिन्दगी उजाड बनाउनुमा कस्तो प्रेम हुन्छरु
मेरो पनि त प्रेम हुँदो हो कसैसङ्ग
तिमिले एकपटक सोचेनौरु
तिमिहरु मध्य एकजना म जस्तै
र अर्को एक
डालीमै छुटेको मेरो हित्यैसी जसरी
छुट्दैनौ भन्ने के ग्यारेन्टी ?

कदमकदाचित मलाई तिमिले जस्तै
तिम्लाइ र तिम्रो प्रेमी लाई पनि
कसैले यसरी नै छुटाइदियो भने
जसरी म उस्लाइ प्रेम गर्छु
तिमी पनि त्यसरी नै गरिरहनेछौ
र सोच्नेछौ
छट्नुमा पनि त एक किसिमको प्रेम नै हुँदो रहेछ।

जसरी मेरो जीवन लिन्छौ
ठिक त्यसरी नै तिम्रो जीवन पनि त लिन सक्छ प्रेमले१
ओ बुद्धिमानी मनुष्यहरु हो
मेरा तीखा अङ्गरक्षकहरु लाई धारिलो हतियार चलाउनेले
तिम्रो कोमल मन के बाँकी राख्ला ?

तिम्रै कारण
मैले ओठका मुस्कानहरु अनायासै गुमाउनु पर्यो
आँखाका सपनाहरु आँसु सङ्गै झार्नु पर्यो
रहर ,इच्छा, चाहना,सुख र खुशीहरु हृदयको गर्भमै मार्नुपर्यो
म फूलिरहँदा सुवास छरिरहदा तिमिले
जिन्दगीमा आगो लगाइदिए पछी
घायल बनेर बाचिरहेछु
न फूल्न सके पहिले जस्तो
न ओइलीएर झर्न यसै।

ओ प्रिय
मेरो मुन्टो निमोठ्नेले कसरी उमार्न सक्छ तिम्रो दिलमा प्रेमको बिज दिलमायारु
मेरो हत्या गर्नेले तिमिलाइ कस्तो जीवन दिन सक्ला र प्रेमप्रसादरुरु
मेरो कारण तिमीहरुको बर्वादीको शुरूवात नहोस्
म एक निर्दोष गुलाब न हुँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्