मन्त्री अधिकारीसहित ६ जनाकै मृत्यु

Rabindra_adhikari01
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाकै मृत्यु भएको गृहसचिव प्रेमकुमार राईले पुष्टि गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बज दुर्घटनामा परेको हो।

पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार थिए। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्