मन्त्रीज्यू मेरै निर्देशनमा तेह्रथुम जानुभएको थियो : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरमा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारी आफ्नै निर्देशनमा तेह्रथुम पुगेको बताएका छन्। बिहीबार बिहान फेसबुक पेजमा स्टाटस लेख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

विमानस्थलको सम्भाव्यता गर्न तेह्रथुम पुगेका मन्त्री अधिकारीसहित सात जनाको बुधबार मृत्यु भएको थियो। तेह्रथुममा सम्बोधन गर्दै मन्त्री अधिकारीले पनि आफू प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा विमानस्थलको स्थलगत अध्ययन गर्न आएको सम्बोधन गरेका थिए ।

बिहीबार प्रधानमन्त्री ओलीले अधिकारीकै भनाइलाई पुष्टि गर्दै आफ्नै निर्देशनमा मन्त्री अधिकारी विमानस्थलको स्थलगत अध्ययनमा गएको लेखेका हुन्। यस्तो छ प्रधानमन्त्री ओलीको फेसबुक स्टाटस।

‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथिका रूपमा मा. अधिकारी मेरै निर्देशनमा यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि जानु भएको थियो।

यस दुर्घटनाबाट मैले परिवारका सदस्यझैं असैह्य पीडा महसुस गरेको छु। मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुख व्यक्त गर्दछु। सरकार साथमा छ, हामी सबै साथ–साथ मिलेर यस पीडालाई सहन गर्न सकौं।’