ललितपुर मेयर च्याम्पियनसिप : सुदूरश्चिमको विजयी सुरुवात

लोकपाटी न्यूज

काठमाडौं । ललितपुर मेयर महिला टी-२० च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। टियू क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो।

सुदू्ररपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स-११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८५ रन मात्र जोड्न सक्यो।मेयर्स-११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोडिन्। साना प्रवीणले १५ रनको योगदान गरिन्। कञ्चन श्रेष्ठ १० रनमा आउट भईन्।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पारिन्। कविता कुवँरले दुई विकेट लिइन्। ४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिइन्। इश्वरी विष्ट र सम्झना खड्काले एक/एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन जोडेको थियो। सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन्। रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन्।

रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे। मेयर्स-११ का लागि खुसी डंगोलले सर्वाधिक २ विकेट हात पार्दा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्माचार्यले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्