विश्वकप लिग-२ क्रिकेटको खेल तालिका सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा हुने त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी) को सामना गर्ने भएको छ। बुधबार सार्वजनिक भएको तालिका अनुसार नेपालले मार्च १६ मा पीएनजीसँग पहिलो खेल खेल्नेछ।

आयोजक यूएई, नेपाल र पीएनजी सहभागी लिगमा नेपालले दोस्रो खेल यूएईविरुद्ध मार्च १८, नेपालको तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ र अन्तिम खेल नेपालले पीएनजीविरुद्ध मार्च २२ तारिख खेल्नेछ। लिग-२ मा सात टोलीको सहभागी रहेको छ। लिग-२ मा आठ खेलबाट आठ अङ्क बनाएको नेपाल छैटौँ स्थानमा छ।

अहिलेसम्म शीर्ष स्थानमा रहेको ओमानले २३ खेलबाट ३० अङ्क बनाएको छ। १२ खेल खेलेको स्कटल्यान्ड १६ अङ्कसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अङ्क बनाएको छ। १० खेल खेलेको यूएईको १२ अङ्क, नौ खेल खेलेको नामिबिया १० अङ्क छ। १२ खेल खेलेको पीएनजीले कुनै पनि जित निकाल्न सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्