वाइसियल र युवा संघकाे शाेक वक्तव्य

लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति युवा संघ नेपाल र वाइसियल नेपालले दुख प्रकट गरेको छ ।

वाइसियल अध्यक्ष राम प्रसाद सापकोटा र युवा संघ नेपालका अध्यक्ष रमेस पौडेलले संयुक्त रुपमा शोक वक्तव्य जारी जारी गरेका छन् ।

‘यस दुर्घटनाबाट नेपाली युवा आन्दोलन र सिङ्गो मुलुकलाई अपुरणीय क्षति भएको छ । यस घटनाले सिङ्गो मुलुक स्तब्ध भएको छ । यस दुखद घडीमा कमरेड रवीन्द्रलगायत सम्पुर्ण मृतक प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्दछौँ,’ वक्तव्यमा उल्लेख छ ।