उत्तर कोरियाले मिसाइल फेरि प्रहार गर्‍यो

लोकपाटी न्यूज

काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल प्रहार गरेको छ। उसले आइतबार बिहानै मिसाइल प्रहार गरेको र त्यो ब्यालेस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरिया र जापानका सैनिक अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

उत्तर कोरियाले सो मिसाइल स्थानीय समयअनुसार बिहान ७ बजेर ५२ मिनेटमा सुनान क्षेत्रबाट प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बताएका छन्।

मिसाइलले कम्तीमा ३०० किलोमिटर दूरी पार गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ। जनवरी ३० यता उत्तर कोरियाले प्रहार गरेको यो पहिलो मिसाइल परीक्षण हो। जनवरीमा उत्तर कोरियाले सातवटा मिसाइल परीक्षण गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्