ललितपुर च्याम्पियनसिप : एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल आज

लोकपाटी न्यूज

काठमाडौं । ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो संस्करणको विजेता समेत रहेको एपीएफ आज जित निकाल्दै दोस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्न चाहन्छ। टियू क्रिकेट मैदानमा जारी प्रतियोगितामा एपीएफ अहिलेसम्म एक खेलमा पनि हारको सामना गरेको छैन।

एपीएफले समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। त्यस्तै, एपीएफले ललितपुर मेयर-११ लाई सात विकेटले, प्रदेश-१ लाई पनि सात विकेटले र सुदूरपश्चिममाथि पनि सहजै जित निकालेको थियो।

त्यस्तै, सुदूरपश्चिमले पनि जारी प्रतियोगितामा समूह चरणअन्तर्गत चार खेल खेल्दा तीन खेलमा जित हार पारेको थियो। सुदूरपश्चिम पनि हुने फाइनल खेलमा एपीएफलाई पराजित गर्दै ललितपुर च्याम्पियनसिपको ट्रफी आफ्नो पक्षमा पार्न चाहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्